जनार्दनबारे प्रचण्ड भन्छन् : आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन « Khabarhub

जनार्दनबारे प्रचण्ड भन्छन् : आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गते पार्टी महाधिवेशन आयोजक समितिको बैठकसम्म जनार्दन पनि एक ढिक्का रहने दाबी गरेका छन्।

उनले पार्टी बैठकमा जनार्दन उपस्थित भएर फरक मत राखेको तर फरक मत राख्ने बित्तिकै निस्किएको प्रति भने आपत्ति जनाए । उनले आफ्ना कुरा राख्ने तर अरुका कुरा नसुन्ने जनार्दनको शैली ठिक नभएको बताए ।

‘बसौँ भन्दाभन्दै उहाँ निस्केनुभयो । आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने उहाँको शैली ठिक थिएन।’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘अहिले पार्टीमा एकताको पक्षमा एक ढिक्का छौं । १७ गतेको बैठकसम्ममा जनार्दन पनि एक ढिक्क रहनुहुनेछ ।’

संयोजक प्रचण्ड अन्य थप कुरा बोल्न चाहेनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट