जनार्दनबारे प्रचण्ड भन्छन् : आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन « Khabarhub

जनार्दनबारे प्रचण्ड भन्छन् : आफ्नो कुरा राखेर हिँड्ने शैली ठिक भएन


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गते पार्टी महाधिवेशन आयोजक समितिको बैठकसम्म जनार्दन पनि एक ढिक्का रहने दाबी गरेका छन्।

उनले पार्टी बैठकमा जनार्दन उपस्थित भएर फरक मत राखेको तर फरक मत राख्ने बित्तिकै निस्किएको प्रति भने आपत्ति जनाए । उनले आफ्ना कुरा राख्ने तर अरुका कुरा नसुन्ने जनार्दनको शैली ठिक नभएको बताए ।

‘बसौँ भन्दाभन्दै उहाँ निस्केनुभयो । आफ्ना कुरा राख्ने र अरुका कुरा नसुन्ने उहाँको शैली ठिक थिएन।’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘अहिले पार्टीमा एकताको पक्षमा एक ढिक्का छौं । १७ गतेको बैठकसम्ममा जनार्दन पनि एक ढिक्क रहनुहुनेछ ।’

संयोजक प्रचण्ड अन्य थप कुरा बोल्न चाहेनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २३ बजे

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका