मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार « Khabarhub

मनासलु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्धार गरिएको छ । बिहीबार चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्धार गरिएको हो ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्धारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। घाइतेलाई आज दिउँसो सिम्रिक एयरको हेलीमार्फत उद्धार गरी काठमाडौं पठाएको उनले जानकारी दिए ।
 
टाउकोमा गम्भीर चोट लागेका लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेको थियो । बिहीबार बिहान सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री–४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए।

उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवै जना सकुशल रहेका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए ।
 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : २४ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार