बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा « Khabarhub

बैठकमा प्रचण्डले भनेः एकताको निर्णयमा सबै नेता एक ढिक्का हुने अपेक्षा


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक प्रचण्डले १८ गते ७ कम्युनिस्ट पार्टीहरूबीच एकता सम्मेलन गर्ने जानकारी गराएका छन्।

शनिबार पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले १८ गते एकता सम्मेलन गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए।

आजको बैठकमा उपस्थित अन्य नेताहरूले एकता सम्मेलनको विषयमा फरक धारणा राखेका थिएनन् तर नेता जनार्दन शर्माले चार पेज लामो फरकमत राखेर पार्टी बैठक स्थलबाट बाहिरिएका छन्।

बैठकमा प्रचण्डले १८ गते एकता सम्मेलन हुने जानकारी गराउँदै त्यही अनुसार तयारी गर्नका लागि नेताहरूलाई निर्देशन दिएका थिए ।

बैठकमा नेता जनार्दन समूहले राखेको फरक धारणामा खासै छलफल भएको थिएन। माओवादी नेताहरूका अनुसार जनार्दनलाई छोडेर माओवादी जसरी पनि अन्य दलहरूसँग एकता गर्ने तयारीमा छ।

यस्तै एकीकृत समाजवादीसँगको एकता अघि केन्द्रीय समिति बैठक बस्नेत भएको छ । कात्तिक १७ गते बस्ने गरि केन्द्रीय समिति बैठक बोलाइएकोा नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेता हरिबोल गजुरेलका अनुसार प्रचण्डले बैठकमा भनेका थिए, ‘१७ गते महाधिवेशन आयोजक समितिको बैठक बसौँ। १८ गते एकता सम्मेलन गरौँ । यो निर्णयमा सबै साथीहरू एक ढिक्क भएर लाग्नुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ५९ बजे

वडा कार्यालयको भवन बनाउन ११ कित्ता जग्गा दान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा वडा कार्यालयको भवन निर्माणका लागि

एनएमए निर्वाचनः समावेशी टिम र सुधारको एजेन्डासहित टिम मंगल

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) निर्वाचन–२०८२ का लागि ‘टिम मंगल’ले समावेशी

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर– अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा

ईयूद्वारा दिगो प्याकेजिङका लागि ७ लाख रुपैयाँ अनुदान,

काठमाडौं– युरोपियन युनियन (ईयू) ले दिगो प्याकेजिङ प्रवर्द्धन गर्ने उद्देश्यले

काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात

झापा– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा