कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने « Khabarhub

कात्तिक १८ गते माओवादी– समाजवादीसहित सात पार्टीबीच एकता हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्रले छिटो भन्दा छिटो नेकपा एकीकृत समाजवादी लगायत सात दलसंग एकता गर्ने निर्णय गरेको छ ।

शनिबार शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकले पार्टी एकताका लागि सैद्धान्तिक र नीतिगत विषय टुंगो लागेको भन्दै छिटो एकता गर्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिउ ।

उनले एकताका लागि प्राविधिक तथा संगठानिक बिषयमा छलफल भएको भन्दै कार्तिक १७ गते बस्ने केन्द्रीय बैठकले एकताको अन्तिम निर्णय गर्ने बताए ।

सापकोटाले एकीकृत समाजवादीसहित अन्य सात पार्टीसँग १८ गते एकता हुने जानकारी दिए । समाजवादीसँगै महेन्द्रराय यादवको जसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीकाबीचमा एकता हुने बताए । यस्तै विप्लवको पार्टीमा विद्रोह भएर बनेको चिरण सी नेतृत्वको समूह पनि एकतामा आउने छ ।

उनले तत्काल पार्टी एकता नभए फागुन २१ गतेको चुनाव नहुन पनि सक्ने भएकाले एकताका लागि ढिला नगर्ने जिकिर गरे ।

उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सिंगै एकतामा ल्याउने प्रयास गरेको बताए । एकताको विषयलाई लिएर पार्टी विभाजन नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ०९ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख