एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु | Khabarhub Khabarhub

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् । उनले अब यताउता नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जहाँ जान्छन् त्यही जाने बताए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा, नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूबीच १८ गते एकीकरण हुन लागेको भन्दै आफू त्यो एकीकरण भएको पार्टीमा रहने उनले बताएका हुन् ।

‘माधव प्रचण्ड सहित सातवटा राजनीतिक दलहरूको एकीकरण हुन लागेको छ । म माधव नेपालसँगै एकीकरणको पक्षमा रहनेछु’ गौतमले खबरहबलाई भने, ‘एकीकरणपछि कसको पद के रहने र कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा माधव प्रचण्ड र अरु नेताहरु छलफल गरिरहेका छन् । मैले कुनै पद मागेको छैन तर मलाई सम्मानजनक पद दिन्छन् भन्ने अपेक्षा गरेको छु।’

गौतमले केही समय अगाडि खबर हबसँगको अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुरा नसुन्ने बताएका थिए। तर केही कम्युनिस्ट पार्टीहरू एकीकरण हुने भएपछि उनी माओवादी अध्यक्ष प्रचण्डलाई नराम्रो भन्ने पक्षमा अहिले छैनन्।

‘मैले प्रचण्डसँग जाँदिन भनेको थिएँ । खास हामी प्रचण्डसँग गएको पनि होइन। पार्टीहरू एकीकरण गर्न खोजेको हो’ उनले अगाडि भने, ‘कम्युनिस्ट पार्टी एकताको पक्षमा त म पहिलेदेखि नै थिएँ ।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ४४ बजे

भारतको केरला राज्य अति गरिबीमुक्त घोषणा, कसरी भयो सम्भव ?

एजेन्सी– शनिबार केरलाका मुख्यमन्त्री पिनरायी विजयनले ‘केरला पिरावी’ को अवसरमा

पाङ्बारी हिमालमा फसेका एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी

गोरखा– गोरखाको पाङ्बारी हिमालमा पाँचदिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक

कांग्रेस सुधार अभियानले पार्टी कार्यालयमा गरे तालाबन्दी (तस्बिरहरू)

काठमाडौं– सुरक्षा घेरा तोडेर कांग्रेस सुधार अभियान ( अन्डर-४०) ले

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठक स्थगित भएको छ

कुलमानको प्रतिबद्धतापछि बञ्चरेडाँडामा जान थाले फोहरका गाडी

काठमाडौं– स्थानीयको अवरोधका कारण विगत चार दिनदेखि बञ्चरेडाँडा ल्याण्डफिल साइटमा