एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु « Khabarhub

एकताको पक्षमा उभिए बामदेव, भन्छन् : माधव जहाँ जान्छन्, त्यहीँ जान्छु


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् । उनले अब यताउता नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जहाँ जान्छन् त्यही जाने बताए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा, नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूबीच १८ गते एकीकरण हुन लागेको भन्दै आफू त्यो एकीकरण भएको पार्टीमा रहने उनले बताएका हुन् ।

‘माधव प्रचण्ड सहित सातवटा राजनीतिक दलहरूको एकीकरण हुन लागेको छ । म माधव नेपालसँगै एकीकरणको पक्षमा रहनेछु’ गौतमले खबरहबलाई भने, ‘एकीकरणपछि कसको पद के रहने र कसलाई के जिम्मेवारी दिने भन्ने विषयमा माधव प्रचण्ड र अरु नेताहरु छलफल गरिरहेका छन् । मैले कुनै पद मागेको छैन तर मलाई सम्मानजनक पद दिन्छन् भन्ने अपेक्षा गरेको छु।’

गौतमले केही समय अगाडि खबर हबसँगको अन्तर्वार्तामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुरा नसुन्ने बताएका थिए। तर केही कम्युनिस्ट पार्टीहरू एकीकरण हुने भएपछि उनी माओवादी अध्यक्ष प्रचण्डलाई नराम्रो भन्ने पक्षमा अहिले छैनन्।

‘मैले प्रचण्डसँग जाँदिन भनेको थिएँ । खास हामी प्रचण्डसँग गएको पनि होइन। पार्टीहरू एकीकरण गर्न खोजेको हो’ उनले अगाडि भने, ‘कम्युनिस्ट पार्टी एकताको पक्षमा त म पहिलेदेखि नै थिएँ ।’

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ४४ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट