तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित « Khabarhub

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तान्जानियामा पछिल्लो केही दिनदेखि जारी अशान्तिका बीच भएको निर्वाचनमा राष्ट्रपति सामिया सुलुहु हसन विजय भएकी छन । 

तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गरिन् ।

निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए । यीमध्ये ९७.६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विगतमा चुनावको पारदर्शिताको विरोधमा देशका धेरै भागमा हिंसा भएको थियो । सयौं मानिस मारिएका छन् भने सयौँ घाइते भएका छन् । देशभरि इन्टरनेट काटिएको छ। इन्टरनेट नहुँदा मृत्यु हुनेको वास्तविक सङ्ख्या पुष्टि गर्न पनि कठिन भएको छ ।

निर्वाचन परिणमपछि सरकारले हिंसाको मात्रालाई कम गर्न खोजेको र स्थिति नियन्त्रणमा लिन कफ्‌र्यु लगाएको छ ।
 

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ७ : ५२ बजे

भागेर होइन दृढताका साथ चुनौतीको सामना गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले भागेर नभइ दृढताका

नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रवि लामिछाने र

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख