एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर « Khabarhub

एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि प्रतिनिधि संख्या निर्धारण गरेको छ। शनिबार सम्पन्न बैठकको निर्णयबारे एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

पाण्डेका अनुसार करिब २२०० प्रतिनिधिहरू आगामी महाधिवेशनमा सहभागी हुनेछन्। एमालेले आगामी मंसिरमा काठमाडौंमा ११ औं महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रतिनिधि संख्या निम्न मापदण्ड अनुसार तय गरिएको छः

१. प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट पहिलो १२०० सदस्यबाट ४ जना (एक महिला, एक ४० वर्ष मुनिका युवा र दुई खुला_र त्यसपछि थप ८०० सदस्यबाट प्रत्येकमा थप एक जना प्रतिनिधि रहने।
२. प्रदेश कमिटीबाट कम्तीमा दुई महिला सहित पाँच जनाका दरले ४५ जना।
३. विशेष क्षेत्रीय समिति (जिक) ११ वटाबाट ४७ जना।
४. प्रवासबाट ३० जना प्रतिनिधि।
५. केन्द्रिय कार्यालय र ३२ विभागबाट एकरएक गरी ३३ जना।
६. जनसंगठनहरूबाट कुल १२७ जना (महासंघ ढाँचाका संगठनबाट ७ र अन्यबाट ५ का दरले)।
७. मनोनित सदस्यहरू पनि रहने।
८. केन्द्रीय कार्यसमितिबाट ३५४ जना।
९. केन्द्रीय अनुशासन आयोगबाट २९ जना।
१०. केन्द्रीय लेखा आयोगबाट ३० जना।
११. निर्वाचन आयोगबाट २५ जना।
१२. केन्द्रीय सल्लाहकार परिषद्‌बाट २५ जना।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : ३३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।