एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल « Khabarhub

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिड्दैछन्। यूएईको अजमानस्थित करवान मैदानमा नेपालले टस जितेर फिल्ड रोजेको नेपालले सुरुमा बलिङ गर्दैछ ।

मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। यूएईले भने ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपाल र युएई एसिया कपमा छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल सोमबार नै हुँदैछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

तेस्रो स्थानका लागि सोमबार मलेसिया र ओमान खेल्दैछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता थियो।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १० : ४९ बजे

कर्णालीमा नसर्ने रोगबाट बालबालिका प्रभावित बन्दै 

सुर्खेत– कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल