जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र « Khabarhub

जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

चितवन– गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरूले परिचय पत्रसमेत लिएका छन् ।
 
जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरूले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमले बताए । 

उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरू परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, ‘कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।’ जेन-जी आन्दोलनका जिल्ला नेतृत्वहरूले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।
 
स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरूले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए  । 

‘स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ’, उनले भने ।  घाइतेहरूको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो । रासस

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ३६ बजे

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण