तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै « Khabarhub

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ ।

स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ । सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो ।

त्यस्तै सोही उद्योगले कृषिजन्य वस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्नेसमेत योजना बनाएको उनको भनाइ छ । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुका साथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नका लागि यस्तो कार्य गरिएको उनले बताए ।

त्यस्तै उनले तुलसीपुरमा अग्नि नियन्त्रणका लागि फायर फाइटरको ‘रिफुलिङ’समेत गर्नेगरी तयारी गरेको बताए । ‘हामीले गर्न खोजेको सामाजिक अभियान हो’, उनले भने, ‘यहाँको फोहर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नि नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ ।’ करिब ३३ लाखको लागतमा उक्त संरचना निर्माण गर्न लागेको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोही उद्योग ग्राममा आफैँ संरचना बनाएर व्यवसाय सञ्चालन गर्न चाहेमा पाँच वर्षको कर छुट गर्नेसमेत बताए । उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने व्यवस्था मिलाउने बताए ।

साथै उद्योग ग्रामको सुरक्षाका लागि आवाससहित नगर प्रहरीको समेत व्यवस्था गर्ने उनले बताए । ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ एक सय तीन जनाले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । ती घर टहरा बनाएकालाई प्रति घरलाई डेढ कठ्ठा दिएर उद्योग ग्रामका लागि जग्गा छुट्याइएको थियो । हाल १३ बिगाहा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ ।

केही समयअघि उद्योगग्रामस्थलमा पर्खालसमेत लगाइएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले ५० लाख बजेटसमेत छुट्याइएको छ । औद्योगिक ग्राम निर्माण भएमा व्यवसायीलाई निकै सहज हुने ग्रिल व्यवसायी ओमबहादुर वलीले बताए । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेकोसमेत उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ३३ बजे

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।