तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै « Khabarhub

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न थालेका छन् । अहिले सरसफाइ प्रशोधन गर्ने उद्योगले संरचना निर्माण थालेको छ ।

स्मार्ट मल्टिकन्सेप्ट ग्रुप प्रालिले फोहर सङ्कलन, प्रशोधन गरेर प्लास्टिकजन्य वस्तु निर्माणका लागि कच्चापदार्थ तयार गर्नेछ । सञ्चालक रवीन्द्र विक्रम केसीका अनुसार बजारमा अहिले फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले उक्त उद्योग स्थापना गर्न लागिएको हो ।

त्यस्तै सोही उद्योगले कृषिजन्य वस्तु खरिद गर्ने, प्रशोधन गरेर बजारीकरण गर्नेसमेत योजना बनाएको उनको भनाइ छ । अहिलेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नुका साथै कृषि क्षेत्रमा देखिएको बजारीकरणको समस्यालाई रोक्नका लागि यस्तो कार्य गरिएको उनले बताए ।

त्यस्तै उनले तुलसीपुरमा अग्नि नियन्त्रणका लागि फायर फाइटरको ‘रिफुलिङ’समेत गर्नेगरी तयारी गरेको बताए । ‘हामीले गर्न खोजेको सामाजिक अभियान हो’, उनले भने, ‘यहाँको फोहर प्रशोधन गरेर रबर उद्योग, कृषिको बजारीकरण र अग्नि नियन्त्रण कार्यमा हाम्रो भूमिका रहनेछ ।’ करिब ३३ लाखको लागतमा उक्त संरचना निर्माण गर्न लागेको उनको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सोही उद्योग ग्राममा आफैँ संरचना बनाएर व्यवसाय सञ्चालन गर्न चाहेमा पाँच वर्षको कर छुट गर्नेसमेत बताए । उपमहानगरपालिकाले संरचना बनाएमा भने न्यूनतम कर तिर्ने व्यवस्था मिलाउने बताए ।

साथै उद्योग ग्रामको सुरक्षाका लागि आवाससहित नगर प्रहरीको समेत व्यवस्था गर्ने उनले बताए । ग्वारखोलाको किनारमा उक्त उद्योग ग्राम निर्माण हुन लागेको हो । जहाँ एक सय तीन जनाले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । ती घर टहरा बनाएकालाई प्रति घरलाई डेढ कठ्ठा दिएर उद्योग ग्रामका लागि जग्गा छुट्याइएको थियो । हाल १३ बिगाहा जग्गामा उद्योगग्राम निर्माण गर्न थालिएको छ ।

केही समयअघि उद्योगग्रामस्थलमा पर्खालसमेत लगाइएको छ । सोही उद्योगग्राम क्षेत्रमा संरचना निर्माणका लागि उपमहानगरपालिकाले ५० लाख बजेटसमेत छुट्याइएको छ । औद्योगिक ग्राम निर्माण भएमा व्यवसायीलाई निकै सहज हुने ग्रिल व्यवसायी ओमबहादुर वलीले बताए । अहिले बजारमा हुँदा निकै समस्या हुने गरेकोसमेत उनको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ३३ बजे

रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास–रुरुक्षेत्र गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका

तोरीले पहेँलपुर चितवन (तस्बिरहरू)

काठमाडौं– खाद्य तथा नगदेबाली उत्पादनका दृष्टिकोणले नेपालका तराई क्षेत्र प्रमुख

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन