लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा   « Khabarhub

लगनखेलमा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा  


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा नेशनल ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा आएको छ । 

आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। अत्याधुनिक प्रविधि र दक्ष विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको यस केन्द्रले पेट, आन्द्रा तथा कलेजोसम्बन्धी रोगको सम्पूर्ण उपचार एकै स्थानमा उपलब्ध गराउने लक्ष्य सहित ग्यास्ट्रो लिभर सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक डा. शेखर पौडेलले बताए । 

उनका अनुसार साधारण समस्यादेखि लिएर जटिल पाचन तथा कलेजोसम्बन्धी उपचार अब यही केन्द्रबाट उपलब्ध गराइनेछ । कार्यक्रममा स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो । 

गुणस्तरीय, सुरक्षित र सबैका लागि सजिलै उपलब्ध हुने स्वास्थ्य सेवा प्रदान गर्दै राजधानी उपत्यकामा पाचन तथा कलेजो उपचारका लागि एक विश्वसनीय केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ । 

सुविधा सम्पन्न पूर्वाधार, आधुनिक डिजाइन, सहज पहुँच र व्यक्तिगत हेरचाहमा आधारित सेवा यस केन्द्रका मुख्य आकर्षण हुने केन्द्रका सञ्चालक पौडेलले बताएका छन् । 

निकट भविष्यमा कार्डियोलोजी, स्त्रीरोग तथा प्रसूति र सामान्य औषधि लगायतका अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : ५७ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी

टी ट्वान्टी क्रिकेट : नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा