एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान « Khabarhub

एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ ।

दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले सन् २०३० सम्म एड्स महामारीलाई अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन् । 

उनले सन् २०३० सम्ममा एचआइभीको विश्वव्यापी मान्यताअनुसार नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्। लक्ष्यको अर्थ ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरू मध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ ।

‘हालसम्म नेपालले पहिलो ९५ मध्ये ९० प्रतिशत, दोस्रो ९५ मध्ये ८८ प्रतिशत र तेस्रो ९५ मध्ये ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ । हाल विश्वव्यापी वित्तीय सङ्कट, भेदभावका कारण एचआइभी प्रतिकार्यमा चुनौती कायमै छ । हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ जसले गर्दा रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित हुनेछ,’ डा. गौतमले भनिन्।

शुभकामना सन्देश व्यक्त गर्दै उनले नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै नेपालले प्राप्त गरेका यी उपलब्धीहरूलाई निरन्तरता दिँदै दिगो विकास लक्ष्य प्राप्ति गर्न सक्रियतापूर्वक अघि बढ्न आवश्यक रहेको बताइने। उनले यस वर्ष विशेषगरी जेन-जी आन्दोलनको दिएको ऊर्जा र सन्देशले एचआइभी एड्स प्रतिकार्यमा पनि अत्यन्त महत्वपूर्ण भूमिका रहने बताइन्।  

सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्सका कारण मृत्यु दर अझ ७६ प्रतिशतले घटेको देखाएको छ ।  

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा हरेक दिन १.७ जना व्यक्तिहरूमा एचआइभी सङ्क्रमण हुन्छ । यसैगरी सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३३७ व्यक्तिहरुमा एचआइभी सङ्क्रमण भएको अनुमान छ । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  १२ : ३६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको