मौद्रिक नीतिको पहिलो समीक्षा : राष्ट्र बैंकले के–के गर्‍यो नीतिगत व्यवस्थामा परिवर्तन ? « Khabarhub

मौद्रिक नीतिको पहिलो समीक्षा : राष्ट्र बैंकले के–के गर्‍यो नीतिगत व्यवस्थामा परिवर्तन ?


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष(आव)का लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । चालु आवका लागि लिएको लचिलो मौद्रिक नीतिलाई त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले थप लचक बनाएको छ ।

राष्ट्र बैंकले समीक्षामार्फत ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरकोबीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई २.७५ प्रतिशत यथावत् र अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्था यथावत् कायम गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्ने विद्यमान व्यवस्था भने खारेज गरेको छ । सो व्यवस्थाले अब संस्थागत र व्यक्तिगत मुद्दतीको ब्याजदर समान हुनसक्ने भएको छ ।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलतालाई कर्जा प्रवाह गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने व्यक्तिगत अधिविकर्ष कर्जा (ओभरड्राफ्ट)को कायम रहेको ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरेको छ ।

लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमालाई पनि बढाएर ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने पनि समीक्षामा उल्लेख छ ।

मौद्रिक नीतिको समीक्षामा चालु वर्षायामको पछिल्लो समयमा गएको बाढी/पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याज असुल गरी एकपटकको लागि पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख छ । जसले गर्दा सो क्षेत्रमा उद्यमी तथा व्यवसायीलाई राहत हुने देखिन्छ ।

विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाका शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयम्ले महानगरपालिकामा रहेका शाखा समायोजन÷एकीकरण गर्न सक्ने व्यवस्था मिलाइने समेत मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ०५ बजे

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको