मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने « Khabarhub

मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको पार्थिव शरीर ०३ः१५ बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने महानगरले जनाएको छ । 

आइतबार उपचारको लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्‍याइएका शाहको आज निधन भएको अस्पतालले जानकारी दिएको थियो  ।  

शाहको पिसाबमा सङ्क्रमण भएपछि शरीरमा फैलिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएका उपचारकै क्रममा निधन भएको हो ।

आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

महानगरका अनुसार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ०३ः१५ बजे पशुपति आर्यघाटमा राखिने भएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ५८ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार