दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स « Khabarhub

दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स

६ महिनामा १२ लाख थान लाइसेन्स छापिनेमा विभाग विश्वस्त


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले ३ हजार ८२ थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरको छ । तेस्रो चरणको छपाईमा केन्द्रले सोमबार ११ सय ५० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरेको हो । 

विभागले हालसम्म केन्द्रलाई छपाईका लागि ४२ सय जना आवेदकको विवरण पठाएको थियो । 

‘पहिलो चरणमा पाँच सय १९, दोस्रो चरणमा १४ सय १३ र तेस्रो चरणमा आज दिउँसो ११ सय ५० थान लाइसेन्स केन्द्रबाट विभागमा आइपुगेको छ’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताए । 

केन्द्रबाट आएका लाइसेन्स चेकजाँचपछि अद्यावधिक गरेर मात्रै सेवाग्राहीलाई वितरण गरिएको छ । 

खतिवडा भन्छन्, ‘केन्द्रका लागि पनि यो नयाँ काम भएकाले सामान्य त्रुटि भेटिएको छ । के–के त्रुटी आँउछन् त्यसलाई इन्जिनियरसहित कर्मचारीले हेर्छन् । उनले थपे, लाइसेन्स छाप्ने सिष्टममा अक्षर फिक्स गरिएको हुन्छ । जस्तो तीस वटा भन्दा बढी अक्षर सिष्टमले नलिने सेट गर्दा धेरै अक्षर भएको खण्डमा विवरण पुरा आउने भएन । त्यसलाई मेनुअल्ली मिलाउनुपर्ने केन्द्रलाई सुझाएका छौ ।’ 

अद्यावधिक लाइसेन्स वितरणका लागि विभागले फेसबुक पेजमा विवरण राख्ने गरेको छ । लाइसेन्स छपाइका लागि विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । 

सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको छपाई मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए । पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याकं पठाएको थियो । 

प्राविधिक चेकजाँचका लागि भन्दै केन्द्रले छपाई सुरु गरेको १९ दिनपछि पहिलो चरणमा परीक्षणका लागि पठाएको ५ सय १९ थान लाइसेन्स मंसिर ५ गते  विभागलाई हस्तान्तरण गरेको थियो । तीमध्ये केही प्रति मात्रै वितरणयोग्य पाइएको थियो ।

यतिबेला विभागले अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ । 

‘यतिबेलासम्म अत्यावश्यकका मात्रै छापिएका छन । केही त्रुटि पनि औँल्याउनुपर्नेछ । अब विस्तारै बल्कका लाइसेन्स छाप्ने तयारीमा छौं ’ खतिवडाले भने । 

केन्द्रबाट सुरुमा केही ढिलाई भएपनि चुस्त छपाइ गर्न सक्ने प्रविधि भएकाले सम्झौताअनुरूप समयमै काम हुनेमा आशावादी रहेको उनको भनाइ छ । यस्तै, विभागले अस्थाई रुपमा खडा गरेको सर्भर व्यवस्थापनका लागि खरिद प्रकृया समेत अघि सारेको छ । 

‘अस्थाई सर्भरबाट सेवा दिँदा समस्या आइरहेको छ । जसकारण आजै स्थाई सर्भर बनाउन बजार मूल्य माग गरेका छौं । त्यो आइसकेपछि ठेक्का आह्वान गर्ने विभागको योजना छ’ खतिवडाले भने ।

केन्द्रले मंसिर ५ गते पहिलो चरणमा ५ सय १९ थान लाइसेन्स विभागलाई हस्तान्तरण गरेको थियो । 



प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ५५ बजे

यस्तो छ कांग्रेसको पन्ध्रौँ महाधिवेशन कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

नेपालमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं– सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ

गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन सुक्खा बन्दरगाह निरीक्षण

महेन्द्रनगर– गृहमन्त्री ओमप्रकाश अर्यालयले आज दिउँसो कञ्चनपुरको दोधारा चाँदनी सुक्खा

अभिनेत्री सामन्था र निर्देशक राजको गोप्य विवाह, इन्स्टाग्राममा जानकारी सार्वजनिक 

काठमाडौं– दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र निर्देशक

डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म