दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स « Khabarhub

दश दिनमा केन्द्रले बुझायो ३ हजार ८२ थान लाइसेन्स

६ महिनामा १२ लाख थान लाइसेन्स छापिनेमा विभाग विश्वस्त


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाईको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले ३ हजार ८२ थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरको छ । तेस्रो चरणको छपाईमा केन्द्रले सोमबार ११ सय ५० थान लाइसेन्स विभागलाई हस्तान्तरण गरेको हो । 

विभागले हालसम्म केन्द्रलाई छपाईका लागि ४२ सय जना आवेदकको विवरण पठाएको थियो । 

‘पहिलो चरणमा पाँच सय १९, दोस्रो चरणमा १४ सय १३ र तेस्रो चरणमा आज दिउँसो ११ सय ५० थान लाइसेन्स केन्द्रबाट विभागमा आइपुगेको छ’ विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाले बताए । 

केन्द्रबाट आएका लाइसेन्स चेकजाँचपछि अद्यावधिक गरेर मात्रै सेवाग्राहीलाई वितरण गरिएको छ । 

खतिवडा भन्छन्, ‘केन्द्रका लागि पनि यो नयाँ काम भएकाले सामान्य त्रुटि भेटिएको छ । के–के त्रुटी आँउछन् त्यसलाई इन्जिनियरसहित कर्मचारीले हेर्छन् । उनले थपे, लाइसेन्स छाप्ने सिष्टममा अक्षर फिक्स गरिएको हुन्छ । जस्तो तीस वटा भन्दा बढी अक्षर सिष्टमले नलिने सेट गर्दा धेरै अक्षर भएको खण्डमा विवरण पुरा आउने भएन । त्यसलाई मेनुअल्ली मिलाउनुपर्ने केन्द्रलाई सुझाएका छौ ।’ 

अद्यावधिक लाइसेन्स वितरणका लागि विभागले फेसबुक पेजमा विवरण राख्ने गरेको छ । लाइसेन्स छपाइका लागि विभाग र सुरक्षण मुद्रण केन्द्रबीच कार्तिक १२ गते सम्झौता भएको थियो । जसअनुसार केन्द्रले ६ महिनाभित्र १२ लाख थान लाइसेन्स विभागलाई उपलब्ध गराउनुपर्नेछ । 

सम्झौताअनुरुप १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा रहेको छपाई मेसिनको बटन थिच्दै छपाइ सुरु गरेको सन्देश दिए । पहिलो चरणमा विभागले भदौ २३ र २४ गतेको आन्दोलनका कारण रोकिएका अत्यावश्यकतर्फका लाइसेन्स छाप्नका लागि केन्द्रलाई तथ्याकं पठाएको थियो । 

प्राविधिक चेकजाँचका लागि भन्दै केन्द्रले छपाई सुरु गरेको १९ दिनपछि पहिलो चरणमा परीक्षणका लागि पठाएको ५ सय १९ थान लाइसेन्स मंसिर ५ गते  विभागलाई हस्तान्तरण गरेको थियो । तीमध्ये केही प्रति मात्रै वितरणयोग्य पाइएको थियो ।

यतिबेला विभागले अत्यावश्यकका लाइसेन्स मात्रै छपाई गर्दै आएको छ । 

‘यतिबेलासम्म अत्यावश्यकका मात्रै छापिएका छन । केही त्रुटि पनि औँल्याउनुपर्नेछ । अब विस्तारै बल्कका लाइसेन्स छाप्ने तयारीमा छौं ’ खतिवडाले भने । 

केन्द्रबाट सुरुमा केही ढिलाई भएपनि चुस्त छपाइ गर्न सक्ने प्रविधि भएकाले सम्झौताअनुरूप समयमै काम हुनेमा आशावादी रहेको उनको भनाइ छ । यस्तै, विभागले अस्थाई रुपमा खडा गरेको सर्भर व्यवस्थापनका लागि खरिद प्रकृया समेत अघि सारेको छ । 

‘अस्थाई सर्भरबाट सेवा दिँदा समस्या आइरहेको छ । जसकारण आजै स्थाई सर्भर बनाउन बजार मूल्य माग गरेका छौं । त्यो आइसकेपछि ठेक्का आह्वान गर्ने विभागको योजना छ’ खतिवडाले भने ।

केन्द्रले मंसिर ५ गते पहिलो चरणमा ५ सय १९ थान लाइसेन्स विभागलाई हस्तान्तरण गरेको थियो । 



प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  २ : ५५ बजे

एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

जनकपुरधाम– गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरू मध्येबाट 

धादिङको गल्छी–बैरेनी बजारमा क्षति 

काठमाडौं– रसुवामा आएको बाढीले धादिङको गल्छी–बैरेनी बजारमा क्षति पुर्‍याएको छ

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्  । 

रसुवा बाढीमा सम्पर्कविहीन यातायात श्रमिकको खोजी गर्न माग

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी, मैलुङ,

बाढीको जोखिमपछि काठमाडौंबाट पश्चिम जाने गाडी होल्ड (तस्बिरहरू)

काठमाडौं– चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ