बूढानीलकण्ठ स्कुलमा टियागो इभी ‘कार्निभल’ अन्तरस्कुल चित्रकला सम्पन्न « Khabarhub

बूढानीलकण्ठ स्कुलमा टियागो इभी ‘कार्निभल’ अन्तरस्कुल चित्रकला सम्पन्न


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै ‘कार्टनिभल’   अन्तर स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ । 

सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए  । साथै, १९ जना पेशेवर कलाकारहरूले पनि उपस्थित भई विद्यार्थीहरूलाई कलात्मक मार्गदर्शन र प्रेरणा प्रदान गरे ।

कार्यक्रम दुई समूह-कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२-मा विभाजन गरिएको थियो । कार्टनिभललाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो, जसले विद्यार्थीहरूलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयहरूमा आफ्ना विचार र कल्पनाशक्ति कलामार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्‍यो ।

कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलका उपप्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : २१ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको