डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि « Khabarhub

डेढ महिने उल्झनपछि कांग्रेसको निर्णय : पन्ध्रौँ महाधिवेशन पुस २६ गतेदेखि


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने भएको छ।

करिब डेढ महिनाको रस्साकस्सीपछि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

१५औं महाधिवेशन र विशेष महाधिवेशनको विवादबीच केन्द्रीय कार्यसमिति बैठक ४० दिनभन्दा बढी चलेर पनि कांग्रेस अनिर्णयको बन्दि भएको थियो ।

तर लामो छलफलपछि संस्थापन पक्षले पुस मसान्तभित्रै महाधिवेशन गर्ने गरी सोमबार तालिका पेश गरेको थियो । महाधिवेशनको उक्त कार्यतालिकालाई सोमबारको बैठकले सर्वसम्मत पारित गरेको महतले बताएका छन् ।

महतले महाधिवेशनका लागि क्रियाशील सदस्यको प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको निवेदन केन्द्रीय कार्यसमिति समितिमार्फत् छानबिन समितिमा जाने बताएका छन् ।

नयाँ सदस्यता र नवीकरणसम्बन्धी परेका निवेदन उपर परेका उजुरीको छानबिन गरी केन्द्रीय कार्यसमितिमा बुझाउने मिति पुस १४ गतेलाई तोकिएको उनले बताए।

नयाँ र क्रियाशील सदस्यता वितरण गर्दा समावेशिताको ख्याल गरिने उनले बताए । पार्टी प्रवेश गरेकाहरूलाई पनि क्रियाशील सदस्यता दिएर मात्रै महाधिवेशनमा जाने बताए ।

उनले वर्तमान कार्यसमितिको म्याद मंसिर २३ गतेसम्म रहेकाले त्यसको म्यादलाई माघसम्म थपिएको पनि जानकारी दिए । पुसमा महाधिवेशन भए पनि एक महिनाको ग्रेस राखेर म्याद थपिएको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ३१ बजे

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण