‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’ « Khabarhub

‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताइएको छ ।

नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)को आयोजना तथा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र एसियाली उत्पादकत्व सङ्गठनको सहकार्यमा आजदेखि सुरु भएको ‘वेलनेस टुरिजम’ प्रवर्द्धनसम्बन्धी कार्यक्रमका वक्ताले नेपालको पर्यटन प्रवर्द्धनमा वेलनेस टुरिजमको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतले विश्वव्यापी रुपमा ‘वेलनेस टुरिजम’को विकास तीव्र गतिमा हुँदै गएको र यसको सम्भावना नेपालमा झन् धेरै रहेको बताए।

नेपालको पर्यटन क्षेत्रको विकासमा वेलनेस टुरिजमले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । 

‘सगरमाथा र बुद्ध जन्मेको नेपालमा योग, ध्यान मेडिटेसनमार्फत पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना रहेका छन्,’ उनले भने। 

वेलनेस टुरिजमको विकाससँगै बेरोजगार रहेका युवा र महिलाले सजिलै रोजगार पाउने उनको भनाइ छ ।

नेपाल एुसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपालका ट्राभल्स एन्ड टुर कम्पनीले वेलनेस टुरिजमको प्याकेज बनाएर विश्वमाझ प्रवर्द्धन गर्न लाग्नुपर्ने बताए। उनले विश्वभर द्रुत गतिमा प्राकृतिक चिकित्सा पर्यटनको विकास हुँदै गएको बताए।

उनले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी मुलुक भएकाले यहाँ वेलनेस टुरिजमले सिङ्गो एसियालाई नै नेतृत्व गर्नसक्ने बताए। तीन दिनसम्म चल्ने उक्त कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना, यसको प्रयोग, बजारीकरण लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपालभित्रका ३४ ट्राभल, होटल, टुर, वेलनेस सेवा प्रदायक संस्थाले सहभागिता जनाएको नाट्टाको महासचिव युविका भण्डारीले जानकारी दिइन् । कार्यक्रममा वेलनेस पर्यटनको सम्भावना र विकासका लागि अष्ट्रेलियाका वेलनेस विज्ञ क्याथरिन ड्रोगा र शेरोन कोल्काले प्रशिक्षण दिनुहुने जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ५४ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको