जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ « Khabarhub

जेन-जी आन्दोलनमा लुटिएको स्वाचलित पेस्तोलसहित ३ जना पक्राउ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वचालित हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

कार्यालयका अनुसार गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका हतियार लुकाएको विशेष सुराकीका आधारमा प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामा काठमाडौँ महानगरपालिका–१४ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ–४ का १९ वर्षीय रामचन्द्र कुँवर (डेबिड) र काठमाडौँ महानगरपालिका–१३ बाफलका ३१ वर्षीय विराट प्रसाद जोशी छन्।

रसिल जोशी लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । उनी भदौ २४ गते प्रहरी हिरासतबाट फरार भएका थिए।

प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीले प्रयोग गर्ने टाइप ५४ स्वचालित पेस्तोल एक थान र विभिन्न कम्पनीका दुई मोबाइल बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : २६ बजे

भीम रावल भन्छन् : अहिलेको निर्वाचन राष्ट्रिय अस्तित्व जोगाउने लडाइँ हो

अछाम- नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अहिलेको निर्वाचनलाई

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण