लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल « Khabarhub

लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक : अध्यक्ष अग्रवाल


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति नीति आवश्यक रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले लामो समयदेखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्नका लागि प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष अग्रवालले भने, ‘लगानीमैत्री वातावरण निर्माणका लािग पहिलो आवश्यकता सुरक्षाको प्रत्याभूति नै हो ।’ स्वदेशी लगानीकर्ताको मनोबल उकास्न सरकारले अविलम्व लगानी प्रवर्द्धन तथा सुरक्षाको प्रत्याभूति हुने गरी नीतिगत व्यवस्था गर्नुपर्दछ ।

विदेशी लगानीकर्ताहरूको सुरक्षाको प्रत्याभूतिका लागि दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षा सम्झौता गरिएजस्तै आन्तरिक लगानी प्रवर्द्धनका लागि पनि ठोस नीतिगत व्यवस्था हुनुपर्ने अध्यक्ष अग्रवालको भनाई छ । 

लगानी वातावरण, रोजगारी श्रृजना, राजश्व संकलन, वित्तीय स्थिरता लगायतका आर्थिक चुनौतीहरू मुलुकले भोगिरहेको अध्यक्ष अग्रवाले बताए।

करिव ६ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुज्रिरहेको उनको भनाई छ । 

उनले भने,‘ अपार प्राकृतिक श्रोतहरूले भरिपूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरूको अभावले आर्थिक समृद्धि हासिल गर्नु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत श्रृजना हुन सकेको छैन।’

विगतका संकुचित र अव्यवहारिक मौद्रिक नीतिहरूका कारण पछिल्लो ४ वर्षमा १ लाख ५० हजार भन्दा बढी उद्यमी व्यवसायीहरू कर्जा कालोसूचीमा परेको अध्यक्ष अग्रवालले बताए। 

लामो समय देखि शिथिल अर्थतन्त्रबाट प्रभावित उद्यमी व्यवसायीहरूलाई लागि सहजता प्रदान गर्न नेपाल राष्ट्रबैंकद्धारा जारी चालु पूजि कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ३९ बजे

एनपीएल खेल्न फाफ डुप्लेसी काठमाडौं आइपुगे (तस्बिरहरू)

काठमाडौं– साउथ अफ्रिकन क्रिकेट खेलाडी फाफ डुप्लेसी नेपाल आइपुगेका छन्

नार खोला जलविद्युत आयोजनामा कुमारीसहित पाँच बैंकको ऋण जुट्यो

काठमाडौं– मनाङमा निर्माण हुन लागेको ६१.११ मेगावाटको नार खोला जलविद्युत

नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्माले

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार

‘फ्लू खोप’ निःशुल्क उपलब्ध गराउन नेपाल चिकित्सक सङ्घको माग

काठमाडौं– नेपाल चिकित्सक सङ्घले चिसो मौसमका कारण देशभर ‘इन्फ्लुएन्जा भाइरस’को

राजकुमारी आइकोको लोकप्रियतासँगै उत्तराधिकार सुधारको दबाब

एजेन्सी– जापानकी अत्यन्त प्रिय राजकुमारी आइकोलाई प्रायः पप–स्टारझैँ स्वागत गरिन्छ