वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

वर्तमान परिस्थीतिमा ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको वर्तमान परिस्थीतिमा केपी ओलीलाई नै पार्टीको अध्यक्षको रुपमा चयन गर्नुपर्ने बताएका छन् । 

प्रेस चौतारीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले जेन-जी आन्दोलनअघि र पछि केपी ओली नेतृत्वको सरकार र एमालेलाई चौतर्फी घेराबन्दी र बदनाम गर्ने प्रयास भएकाले फेरी पनि पार्टीको अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताएका हुन् ।

जनताको बहुदलीय जनवादका उत्तराधिकारीका हिसाबले समेत आगामी महाधिवेशनबाट ओली  एमालेको अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । 

केही व्यक्तिहरू सडकबाट एमालेको नेतृत्व गर्नुपर्छ भन्ने आवाज उठाउने गरेको भन्दै गुरुङले सडकमा उठेको आवाजकै कारणले पार्टीले आफ्नो नेता परिवर्तन नगर्ने स्पष्ट पारे ।

उनले राष्ट्रियताका पक्षमा राखेका अडानका कारण एमाले र केपी ओलीमाथि प्रहार भएको जिकिर गरे  । उपमहासचिव गुरुङले निर्वाचन गर्ने वर्तमान सरकारको नियत नरहेको आरोप लगाए । 

निर्वाचनको परिणाम आफू अनुकूल आउने अवस्था नआएसम्म वर्तमान सरकारले निर्वाचन नगर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ४ : ३९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा