नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्मा « Khabarhub

नियमित महाधिवेशन धकेल्न खोजे विशेष महाधिवेशनको अवस्था आउनेछ : महामन्त्री शर्मा


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको निर्णय अनुसार पुसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशनको अवस्था आउने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले नियमित महाधिवेशन मिति तोकिसकेको अवस्थामा त्यसलाई धकेल्ने प्रयास गरे विशेष महाधिवेशनको अवस्था आउने बताएका हुन् ।

उनले अझै पनि विशेष महाधिवेशन माग गर्दै गरिएको हस्ताक्षर केन्द्रीय कार्यालयमा सुरक्षित रहेको हेक्का राख्न सुझाव समेत दिए । शर्माले सभापति शेर बहादुर देउवाले नियमित महाधिवेशनबाट आफू बिदा लिन्छु भनिसकेको अवस्थामा सभापतिलाई विशेष महाधिवेशनमा तान्न नहुने जिकिर गरे ।

उनले नियमित महाधिवेशनका साथै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताए । शर्माले संशोधन हुने विधानले युवालाई समेट्ने भएकाले सबै तहमा नेतृत्व लिनका लागि तयार भएर बस्न आह्वान गरे ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ५ : २८ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला