‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’ « Khabarhub

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका छन् ।

सोमबार विराटनगरमा आयोजना गरिएको एकता सन्देशसभामा उनीहरूले अहिले मुलुकमा संकटमा रहेकाले मुलुकको अखण्डता, सार्वभौमिकता र संविधान रक्षा सबै राजनीतिक शक्तिको साझा जिम्मेवारी भएको बताएका हुन् ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुक गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै वामपन्थी मात्र नभइ लोकतान्त्रिक शक्तिहरू पनि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनले जेन-जी आन्दोलनको दोस्रो दिनका घटनाले मुलुकको अस्तित्व नै संकटमा पर्न सक्ने अवस्था देखाएको उल्लेख गरे ।

देशलाई चुनौतीबाट निकाल्न निर्वाचन नै वैधानिक उपाय भएको भन्दै उनले राजनीतिक समाधानको बाटो जनमतबाटै सम्भव हुने स्पष्ट पारे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधव कुमार नेपालले संविधानको रक्षा सबै दलको साझा कर्तव्य रहेको बताउँदै राजनीतिक स्थिरता र लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि निर्वाचनको विकल्प खोज्नु नहुने बताए । उनले मुलुकमा देखिएको बेथिति अन्त्य गर्न एकताबद्ध हुनुपर्ने धारणा राखे ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति र औद्योगिकीकरणलाई अनिवार्य ठहर गर्दै क्रान्तिकारी भूमिसुधार नवगठित पार्टी प्रमुख एजेण्डा रहेको बताए ।

कार्यक्रममा पार्टीका अन्य नेताहरूले राजनीतिक अवस्था, राष्ट्रिय हित र आगामी रणनीतिका विषयमा धारणा राख्दै एकताबद्ध रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : २८ बजे

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’