एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा « Khabarhub

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बिदाई गर्ने चाहना पूरा हुन नदिइने बताएका छन् । 

उनले ओलीलाई बिदाइ गर्ने कुरा असम्भव भएको बताए । प्रेस चौतारी रूपन्देहीले सोमबार भैरहवामा गरेको अन्तरक्रियामा बोल्दै थापाले ओलीको विकल्प नखोजिने उल्लेख गरे ।

‘विगतदेखि एमाले फुटाएर पार्टीभित्र एउटा समूहले मौनता साँधेर भए पनि कमजोर बनाउन लागेका छन् । पार्टी फुटाएर हिजो पनि कोही बलियो भएन, अब पनि हुने छैन’, उनले भने, ‘अहिलेको अवस्थामा नेतृत्व र पार्टीको संरक्षण गर्नुपर्छ । त्यसैले ओलीको विकल्प खोज्ने कुरा हुँदैन ।’


पार्टीभित्र भइरहेको ओली विरुद्धको मोर्चाबन्दी निस्तेज पारिने उनले बताए । ‘केपी ओलीलाई टक्कर दिने कोही छैन,’ उनले भने, ‘ईश्वर पोखरेलले पनि कुरा बुझ्नुपर्छ ।’ 

मुुलुकभित्र र बाहिरका शक्तिसित बहस गर्ने व्यक्तिलाई सर्वसम्मत ढंगले नेतृत्वमा चयन गरिनुपर्ने उनले बताए । यसअघि अध्यक्ष कोउम्मेदवार बनेका भीम रावलले दुई सय मत प्राप्त गरेको उल्लेख गर्दै यसपाली अध्यक्षमा ओलीविरुद्ध उम्मेदवार बन्नेको त्यो भन्दा नराम्रो अवस्था हुने उनले बताए ।

यस्तै, थापाले पार्टीभित्रको मौन प्रवृत्ति घातक हुने बताए । अधिकांश पार्टी पदाधिकारी र केन्द्रिय सदस्यको मौनता के का लागि भन्ने स्पष्ट नभएको जनाए । पार्टी जोगाउनुपर्छ भनेर ‘डिफेन्स’ गरिरहेका बेला अर्को समूहले मौनता साँध्ने प्रवृत्ति हावी भएको उनको आरोप छ ।

पार्टी हित र समग्र अग्रगतिका लागि बोल्ने नेता चाहिएको उनले औंल्याए । पार्टीका पदाधिकारीमा अरुलाई कुरा बुझाउन सक्ने ल्याकत जरुरी हुने उनले जनाए ।

 ‘मौनता साँध्नेहरु ढुंगा हुन, उनीहरु मूर्ति बनाउन काम लाग्छन्,’ उनले भने, ‘नबोल्नेलाई नेतृत्वमा ल्याउन हुँदैन ।’ उनले एमाले मुलुकको प्रमुख शक्ति भएकाले केही समूह वा नेता चोइटिँदैमा कुनै फरक नपर्ने धारणा राखे ।

थापाले जेन-जी आन्दोलन डिजाइनमा भएको बताए । वास्तविक जेन(जीहरूले आगजनी र तोडफोड नगरेको बताउँदै सिंहदरबार र सर्वोच्च जस्ता ऐतिहासिक स्थल जलाउनेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ६ : २६ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान