पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान « Khabarhub

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। एक जना २ लाख धरौटीमा रिहा भएका छन्।

आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर छन्। उनका भाइ हरिबहादुर थापा भने धरौटीमा छुटेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। मेयर आचार्यको घर, गाडी, निजी व्यवसायदेखि वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, होटलहरू, स्टलहरू, घरहरू र सरकारी कार्यालयहरू लक्षित आक्रमण भए। विभिन्न व्यक्तिले प्रमाणसहित ३० वटा किटानी जाहेरी दिएका छन्।

कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्, जसमा १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जना अझै अनुसन्धानमा छन्। सरकारी कार्यालयमा मात्र झण्डै २ करोडभन्दा बढी र निजी क्षेत्रमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ११ : १९ बजे

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना

दुई फर्ममाथि विभागको जरिवाना

काठमाडौँ– नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

पर्वतमा अफ्रिकन स्वाइन फ्लुबाट ४६ बङ्गुर मरे

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको

अन्तर्राष्ट्रिय बौद्धिक विमर्शमा सहभागी हुन आज दिल्ली जाँदै बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भारतको नयाँ दिल्लीमा आयोजना