अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध श्रीलंका विजयी « Khabarhub

अन्तिम खेलमा न्युजिल्यान्डविरुद्ध श्रीलंका विजयी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलंकाले न्युजिल्यान्ड  विरुद्धको टी २० शृङ्खला २–१ ले जितेको छ । बिहीबार भएको अन्तिम तथा तेस्रो खेलमा श्रीलंकाले न्युजिल्यान्डलाई ७ रनले हराएको हो। 

श्रीलंकाले दिएको २१९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २११ रन जोड्यो । न्युजिल्यान्डका रचिन रवीन्द्रले ३९ बलमा ६९ तथा डेरी मिचेलले १७ बलमा ३५ रन प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । ज्याकरी फल्क्सले १३ बलमा २१ रन प्रहार गरे । टिम रोबिन्सनले २१ बलमा ३७ रन प्रहार गरे । 

चारिथ अलासान्काले ३ विकेट लिए पनि ४ ओभरमा ५० aरन खर्चिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५ विकेटको क्षतिमा २१८ रन जोडेको हो । श्रीलंकाका लागि कुशल पारीले १०१ रन जोडे । 

४६ बलको सामना गरेका उनले यस क्रममा १३ चौका र ४ छक्का प्रहार गरे  कप्तान अलासान्काले २४ बलमा ४६ रन प्रहार गरे । परेरा खेलका म्यान अफ द म्याच समेत घोषित भए । न्युजिल्यान्डका ज्याकोब डफी म्यान अफ द सिरिज घोषित भए । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : ४५ बजे

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा

‘लेबनानी सेनाको क्षमता सुदृढ गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

एजेन्सी- संयुक्त राष्ट्रका शान्ति सञ्चालन सम्बन्धी सह-सचिव जाँ-पिएरे लाक्रोइक्सले लेबनानी

सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस

काठमाडौं– काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत कामपाको सामाजिक विकास विभागमा

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर