गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार « Khabarhub

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् ।

मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधबार उक्त होटलको ३०८ नम्बर कोठामा मृत भेटिएकी प्रहरीले जनाएको छ ।

उनी गत १६ पुसमा उक्त होटलको कोठा बुक गरेर बस्न पुगेकी थिइन । नयाँ वर्षको अघिल्लो दिन उनीसँगै उक्त होटलमा बस्न पुगेका युकव भने फरार छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार युवतीसँगै होटलमा पुगेका युवक भने केहीबेरमा आइजान्छु भनेर हिँडेका थिए ।

त्यसपछि उनी फर्किएर होटलमा आएनन् । तर होटल सञ्चालकलाई शंका लागेपछि बुधबार नै प्रहरीलाई खबर गरिएको थियो ।

जनप्रतिनिधि र प्रहरी पुगेर बुधबार नै होटलको कोठा खोलेर हेर्दा युवती बेडमै मृत भेटिएकी हुन् ।

उनीसँगै होटल छिरेका युवकको पहिचान भइसकेको जानकारी प्रहरीले दिएको छ । उनी भागेर पुगेको ठाउँ पनि पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका परिवारले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : ३२ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते