सूर्यदर्शन सहकारी ठगी : जाहेरीवालाका वकिलहरूले थाले बहस « Khabarhub

सूर्यदर्शन सहकारी ठगी : जाहेरीवालाका वकिलहरूले थाले बहस


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

पोखरा– सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी मुद्दामा बिहीबारदेखि जाहेरीवालाहरूका तर्फबाट बहस थालिएको छ

बुधबारसम्म उक्त मुद्दामा थुनछेक बहस भएको थियो । बिहीबारदेखि जाहेरीवालाहरूको तर्फबाट वकिलहरूले बहस थालेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बुधबारसम्म सबै सातैजना प्रतिवादीबारे सरकारी वकिल र विपक्षीकोतर्फबाट बहस भइसकेको छ ।

सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी तथा सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि बिहीबारबाट जाहेरवालाको तर्फबाट बहस सुरू भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने छ । जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : ५३ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा