माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी « Khabarhub

माओवादी स्थायी समिति बैठक : पूर्वउपराष्ट्रपति पुन पनि सहभागी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पेरिसडाँडामा बसिरहेको छ । केन्द्रीय समिति बैठकको एजेण्डा तयारीका लागि माओवादी स्थायी कमिटी बैठक बसेको हो । यो बैठक ३ दिनसम्म चल्ने छ ।

बैठकमा पहिलो पटक पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासङ’ पनि सहभागी छन् । यससँगै उनी माओवादीको सक्रिय राजनीतिमा फर्किएका छन् । माओवादी लडाकुका कमान्डरसमेत रहेका पासङलाई पार्टी उपाध्यक्ष बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेका छन् ।

‘प्रचण्ड’को सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गराएको तस्बिरमा पूर्व उपराष्ट्रपति पुन ‘फ्लोर’तर्फ राखिएका कुर्सीको पहिलो लहरमा बसेका छन् । माओवादी केन्द्रको पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न स्थायी कमिटी चलिरहेको छ ।

पासङ बैठकमा उपस्थित भएसँगै अन्य माओवादी नेताले चासो दिएका छन् । पासङलाई दिइने जिम्मेवारीबारेमा नेताहरूले चासो जनाइरहेका छन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : २६ बजे

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको