रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा | Khabarhub Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरेको छ। 

कार्यवाहक प्रवक्ता मनिष झाले पुस २० र २१ गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय समिति बैठकको एजेन्डाहरू तय गरेको जानकारी दिए । 

उनको सचिवालयले केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेन्डाहरू सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेको छ । 

जसअनुसार रास्वपाले बैठकको पहिलो दिन स्थानीय तह उपनिर्वाचनको समीक्षासँगै संगठन समीक्षा र संगठन रणनीतिबारे छलफल गर्ने भएको छ । 

रास्वपाले पहिलो दिनको बैठकमा सहकारीसम्बन्धी अध्यादेश २०८१, संसद्मा दर्ता भएका विधेयक र पार्टी धारणाका बारेमा पनि छलफल गर्ने एजेन्डा रहेको जनाएको छ । 

दोस्रो दिनको बैठकमा रास्वपाले संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने एजेन्डा राखेको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ५ : ५८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ