दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल « Khabarhub

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल निर्माण भएसँगै दुई वटा प्रदेशका नागरिकलाई सहज बनेको छ । लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल निर्माण गरिएको हो ।

पुल निर्माणपछि दुईवटै प्रदेशका नागरिकमा खुसी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । एक सय २६ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त कूल रु १४ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

सिमलटारी–प्यूठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्राली काठमाडौँबीच गत आठ वर्षअघि उक्त पुल निर्माणको सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले २०७६ चैत ३० मा हस्तान्तरण गर्नुपर्ने थियो । तर समयमै निर्माण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त कार्यालय खारेज भएसँगै मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीमार्फत रोकिएको काम सुरु भएको थियो ।

त्यसपछि सडक डिभिजन कार्यालय पाल्पामार्फत कार्यान्वयन हुनेगरी पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । उनले पुल निर्माणको काम सम्पन्न भए पनि बजेट अभावका कारण सडक डिभिजन कार्यालय पाल्पाबाट निर्माण व्यवसायीलाई अझै रु तीन करोड ८५ लाख भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सांसद डा चन्द्र भण्डारीले पक्की पुल निर्माणले दुई पालिका, जिल्ला र प्रदेशसँगै विकासको आयामलाई पनि जोडेको बताएका छन् । कालीगण्डकी करिडोरले भारत र चीनलाई जोड्ने भएकाले मुख्य गरी कोरला नाकामा पुग्न र उत्पादित सामग्री निर्यात गर्न थप सहज पुग्ने उल्लेख गर्दै सांसद डा भण्डारीले यसको फाइदा कालीगण्डकी र विहादीवासीले लिनुपर्ने बताए ।

कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ । पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतिसँग जोड्नका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङले बताए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ९ : ४१ बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो