ढिकीजाँतोको प्रचलन घट्दै « Khabarhub

ढिकीजाँतोको प्रचलन घट्दै


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुट्ने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो ।

कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकीजाँतोको प्रयोग हराउन थालेको छ । मानिसहरू उत्पादनमुखीभन्दा पनि आयातित चामल, दाललगायत खाद्य सामग्री प्रयोगमा बढी निर्भर हुँदा पनि ढिकीजाँतोको चलन हराउँदै गएको देखिन्छ ।

विगतमा ढिकी र जाँतोमा धान कुट्ने, गहुँ, कोदो, मकै, फापर, दाललगायत पिस्ने काम हुने भए पनि पछिल्लो समयमा आधुुनिक मिलको सहायताले मानिस कुटानी पिसानी गर्दै आएका छन् । दशक अघिसम्म स्थानीयको घरमा ढिकीजाँतो अनिवार्य हुने गरेको भए पनि त्यो चलन हराउँदै गएको स्थानीय ९९ वर्षीय वृद्ध बेनीबहादुर विष्टले बताउनुभयो । पितापुर्खाले गरी ल्याएको यस्ता प्रविधिको संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

गाउँघरमा विद्युत् पुगेसँगै यहाँका अधिकांश ठाउँमा विद्युतबाट चल्ने मिल राखेर धान, मकै कुट्ने, तेल पेल्नेदेखि पिठो पिसाउन थालेपछि गाउँमा परम्परागत रूपमा चल्दै आएका ढिकीजाँतो हराउन थालेका हुन् ।

कुटानी–पिसानीका लागि आधुनिक मिलले सहज भएपछि ढिकीजाँतो भने लोप हुँदै गएको स्थानीयको भनाइ छ । मानिसले बढी मेहनत गर्नुपर्ने भए पनि ढिकीजाँतोमा कुटेका खाने कुरा स्वास्थ्यकरसँगै स्वादिष्ट हुने स्थानीयवासी तिलकबहादुर विष्ट बताउँछन् । गाउँका प्रत्येकजसो घरमा देखिने ढिकी तथा जाँतो पछिल्लो समय लोप हुँदै गएको उनको भनाइ छ ।

भौगोलिक रूपमा विकट र विद्युत् पुग्न नसकेका गाउँमा भने अहिले पनि ढिकी तथा जाँतोको प्रयोग हुने गरेको छ । विद्युत् पुगेका ठाउँमा भने परम्परागत रूपमा रहेका ढिकी तथा जाँतो प्रयोग गर्ने चलन हराएको  स्थानीयवासी रामबहादुर विष्टले बताए ।

नयाँ प्रविधिको विकासले परम्परागत ढिकीजाँतो इतिहास बन्ने अवस्था आएको उनको भनाइ छ । उनले परम्परागत रूपमा प्रयोग गर्दै आएका ढिकीजाँतोलाई संरक्षण गर्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ५० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक