सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग « Khabarhub

सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

गलकोट– जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले एक लाख एक हजार १११ प्रदान गरेका छन् ।

बागलुङको सृष्टि फर्निचर उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवका अवसरमा सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम कोषमा सहयोग गरेका हुन् ।

क्षतिग्रस्त सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । 

‘देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैले सा–सानो सहयोग गरेर पुनर्निर्माण गर्नसके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ’, गौतमले भने, ‘४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।’

गौतमले १५औँ वार्षिकोत्सवका अवसरमा पाँच करोड लगानीमा फर्निचर उद्योगको नयाँ सोरुम स्थापना गरेका छन्। गौतमले फर्निचर र हार्डवेयरलगायत व्यवसाय गर्दै आएका छन् । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पुनर्निर्माण कोषको खातामा उक्त रकम जम्मा गर्ने बताएका छन् ।

सरकारले क्षतिग्रस्त संरचना निर्माणका लागि ‘भौतिक संरचना पुननिर्माण कोष’ स्थापना गरेको छ ।  

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ०८ बजे

दिपक भट्टमाथिको अनुसन्धान प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा

नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा सवारी

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने 

काठमाडौँ– नेपाली कांग्रेसको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज

दलितसँग माफी माग्ने सरकारसँग डा. चमारको प्रश्न : कोठा खै ?

काठमाडौँ– ‘मधेशी चमार समुदायका छोरीचेलीहरु आज पनि गैरदलित तथा संम्भ्रान्त

आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीहरुले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को