जाडोमा केरा खाँदा के कुरामा ध्यान दिने ?   « Khabarhub

जाडोमा केरा खाँदा के कुरामा ध्यान दिने ?  


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले  फाइदा हुनेछ ? 

मानिसहरू बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि यस समयमा केरा खानु हुँदैन, त्यो समयमा खानुपर्छ तर आज हामी तपाईँलाई विशेषज्ञ चिकित्सकका अनुसार सही जानकारी बताउन गइरहेका छौँ ।

विज्ञ चिकित्सकहरू बिहानको खाजामा केरा खानुपर्ने बताउँछन् । बिहान केरा खाँदा दुई प्रकारका फाइदा हुन्छ । एक, यदि तपाईँ तौल घटाउन चाहनुहुन्छ भने यसले यसको लागि पनि काम गर्दछ ।

दोस्रो, तौल बढाउन चाहनुहुन्छ भने यसले पनि काम गर्छ । तर, दुवैको विधि फरक–फरक छ । दिउँसो र राती केरा खानुभयो भने यसले तपाईँलाई हानि पुर्‍याउन सक्छ । 

चिसो दिनमा बेलुका केरा खानु हुँदैन । बेलुकी केरा खाँदा पाचन क्रियामा गडबड हुन सक्छ । तसर्थ तपाईँले दिमागमा राख्नु पर्ने पहिलो कुरा यो हो कि तपाईँले बिहान केरा खानु पर्छ । किनभने, केरामा धेरै मात्रामा स्टार्च र फाइबर पाइन्छ, जसले गर्दा साँझ पचाउन समस्या हुन्छ । त्यसैले विशेष ख्याल राख्नुपर्छ ।

यदि तपाई बिहान ड्राई फ्रुट्ससँग केरा खानुहुन्छ भने यसले तपाईँको तौल बढाउँछ र केरा मात्र खायो भने तपाईँको तौल घट्छ । केराले तपाईँको शरीरमा दुई प्रकारका फाइदाहरू दिन्छ । एउटाले तौल घटाउने काम गर्छ, अर्कोले तौल बढाउने काम गर्छ। तर तपाईँले दुवै विधिहरू जान्नु पर्दछ । न्युजकारखानाबाट

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १२ : ४७ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये