‘निजी क्षेत्र उत्साहित छ, अर्थतन्त्रका समस्या समाधान हुँदैछन्’ « Khabarhub

‘निजी क्षेत्र उत्साहित छ, अर्थतन्त्रका समस्या समाधान हुँदैछन्’


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिको अर्थतन्त्रको समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्र : नीति र व्यवहार’ बिषयक छलफलमा पौडेलले लामो समयदेखिको समस्या तत्काल समाधान नहुने बताए ।

वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको दाबी उनले गरेका छन् ।

समस्या समधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको पनि उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे ।

अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दाबी गरे ।पौडेलले नीजीले क्षेत्र उठाउँदै आएका माग सम्बोधन गर्ने गरी ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे ।

उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको पनि उनले बताए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १ : ३२ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित