सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा « Khabarhub

सहकारीको डेढ अर्ब हिनामिना- पक्राउ परे जिसस म्याग्दीका प्रमुख थापा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- एउटा सहकारीबाट डेढ अर्ब रुपैयाँभन्दा धेरै हिनामिना भएको प्रकरणमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।

थापासहितका सञ्चालकहरूमाथि म्याग्दी सदरमुकाम बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ बचत हिनामिना गरेको अभियोग छ ।

नेकपा (एमाले) का नेतासमेत रहेका उनी २०७९ को स्थानीय तह निर्वाचनपछि जिसस म्याग्दीको संयोजक बनेका थिए ।

जिसस म्याग्दीका संयोजक थापासहितविरुद्ध सहकारी ठगी प्रकरणमा ०८१ जेठमा उजुरी परेको थियो । बचत अपचलनबारे सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानबिन गरेको थियो ।

उक्त कार्यालयको छानबिन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको जनाएको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीका मुख्य योजनाकार भनेर किटान गरिएको छ।

थापासहितको टोलीले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाएको आरोप पनि लागेको छ । थापाले सहकारीको बचत निजी स्कुल र घरजग्गामा लगानी गरेको खुलेको छ ।

उक्त सहकारीमा अहिले अध्यक्ष यमबहादुर रोका छन् । उनैले सहकारीको हिसाबकिताब छानबिन मागसहित ०८१ जेठमा सहकारी रजिस्ट्रारको कार्यालयमा निवेदन दिएका थिए ।

उक्त सहकारीमा थापा दुई कार्यकाल सचिव र ०७९ मा जिसस प्रमुख बन्नुअघिसम्म उपाध्यक्षको भूमिकामा थिए ।

एमाले नेता थापा बेनी बजारस्थित बुद्ध एकेडेमीका सञ्चालक पनि हुन् । उनले कुमारी सहकारीबाट बिनाधितो उक्त विद्यालमा १६ करोड रुपैयाँ लगानी गरेको पनि खुलेको छ। थापासहितको समूहले सहकारीको बचत बिनाधितो निकालेर जग्गा किनेको पनि खुलेको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ११ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी