जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल « Khabarhub

जसपा नेपालको कार्यकारिणी समिति बैठक : नेताहरूले रिपोर्टिङ गर्दै, मुख्य तीन एजेन्डामा छलफल


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार दोस्रो पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा बिषयगत छलफल भइरहेको छ ।

बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रित छलफल भइरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडासम्मै जारी संगठन विस्तार अभियानको समीक्षा हुँदैछ ।

‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाममा चार महिनादेखि जारी अभियानको समीक्षा मुख्य एजेन्डा रहेको सचिवालयले जनाएको छ । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियानसम्बन्धी रिपोर्ट प्रस्तुत गरेका थिए ।

बाँकी सदस्यले बैठकको दोस्रो दिन आ–आफ्नो जिम्मेवारी र तोकिएको कार्यक्षेत्रको प्रगति विवरण प्रस्तुत गर्दैछन् । यसअघि उक्त अभियानको समयावधि दुई महिना थपी माघ मसान्तसम्मलाई थप गरिएको थियो ।

मधेस केन्द्रित ८ दलको बन्दै गरेको मोर्चा, सरकारले ल्याएको अध्यादेश र ताप्लेजुङमा चलिरहेको ‘नो केबलकार आन्दोलन’ लगायत बैठकका मुख्य एजेन्डा हुन् ।

वर्तमान अवस्थामा पार्टी संठन निर्माणलाई तीव्रता दिने उपायबारे बैठकमा कार्यकारिणी सदस्यहरूले धारणा राखिरहेका छन् । दुई दिनदेखि जारी बैठक आइतबार नै सम्पन्न हुँदैछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : २२ बजे

दक्षिणी लेबनानमा इजरायली आक्रमण, तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु

‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन

आयोजना प्रभावितलाई सिलाइ मेसिन वितरण

दमौली– तनहुँ जलविद्युत आयोजनाको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्ययोजना

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे कांग्रेसले संसद्‌मा आवाज उठाउने

काठमाडौं– नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विषयमा संसद्मा आवाज उठाउने

कलेज बस दुर्घटनामा चार जना घाइते

भद्रपुर– यहाँको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा