विष्णुप्रति एलिनाको सहानुभूति– उहाँलाई गाली नगर्नू, विष्णुले रिपोस्ट गरे भिडियो « Khabarhub

विष्णुप्रति एलिनाको सहानुभूति– उहाँलाई गाली नगर्नू, विष्णुले रिपोस्ट गरे भिडियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहान र उनका श्रीमान् विष्णु सापकोटाको बिग्रिएको वैहाहिक सम्बन्ध अदालतमा प्रवेश गरेको छ । गायिका चौहानले शुक्रबार काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी हुन् ।

एलिनाको र विष्णुको सम्बन्ध बिग्रिएको कुरा केही साताअघि नै सार्वजनिक भएको हो । तर, पुष्टि हुने आधार थिएन । दुवैले यसबारे सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् ।

एलिनाले मुद्दा दायर गरेपछि सम्बन्ध बिग्रिएको तथ्य पुष्टि भयो । यससँगै एलिनाले आफ्नो मौनता पनि तोडेकी छन् ।

एलिनाले ५ मिनेटभन्दा लामो भिडियो टिकटक र फेसबुकमा सार्वजनिक गर्दै पतिसँग बिग्रिएको सम्बन्धबारे पहिलो पटक सार्वजनिक रुपमा बोलेकी बोलिन् ।

उक्त भिडियोमा एलिनाले विवाह गर्न हतार भएको आत्मसमीक्षा गरेकी छन् ।

पति र आफूबीचको मनमुटावनले ठूलै दुर्घटना पर्ने जोखिम भएकाले अदालती प्रक्रियामा आफू गएको उनको दाबी छ ।

उनले भनेकी छन्, ‘मनमुटाव हुँदा हुँदै पछि दुर्घटना हुन सक्छ । अहिले त केही भएको छैन ।’

प्रेम सम्बन्ध समधुर नहुँदै विवाह गर्नु आफ्नो गल्ती भएको उनको आशय छ । तर, प्रेममा हुँदा हुने मनमुटाव विवाह पश्चात हल हुने आफ्नो सोचाइ वास्तविकतासँग मेल नखाएको उनले खुलाएकी छन् ।

भनेकी छन्, ‘हाम्रो प्रेम सम्बन्ध हुँदा पनि धेरै खटपट हुन्थ्यो । मैले सहन्छु एक दिन त ठीक भइहाल्छ भन्ने सोचेको थिएँ । तर, त्यस्तो भएन । उहाँले पनि यति सहने कटीसँग मेरो जीवन चल्छ भनेर विवाह गर्नुभयो । तर समय बित्दै जाँदा मैले सहन सकिनँ ।’

यद्यपि दुवै पक्षको परिवार र आफूहरु दुवैको सल्लाहमा आफूले सम्बन्धबिच्छेदको मुद्दा दायर गरेको उनको भनाइ छ ।

उक्त भिडियोमा एलिना बोल्दा बोल्दै भक्किानिएको पनि देखिन्छ । अब नयाँ जीवनको सुरुवात गर्ने योजना हरेकाले यो सम्बन्धबिच्छेदको विषयलाई बढवा नदिन उनले आग्रह गरेकी छन् ।

उनले विष्णुप्रति पनि सहानुभूति राखेकी छन् । शुभचिन्तकलाई विष्णुलाई गाली नगर्न आग्रह गर्दै उनले भनिन्, ‘आफूले माया गरेको मान्छेलाई अरुले गाली गर्दा आफैँले गाली खाएको जस्तो चित्त दुख्दो रहेछ । मलाई यो बेला साथ दिन्छु भनेर सोच्नेहरुले मलाई साथ दिनु तर उहाँ(विष्णु) लाई गाली नगर्नू । बरु मलाई नै गाली गर्नू ।’

सम्बन्धबिच्छेदको विषय सोध्न अनावश्यक फोन आएकाले आफू झन् तनाव रहेकोसमेत उनले खुलाएकी छन् ।

यता, विष्णु भने अस्ट्रेलियामा छन् । उनी हँसमुख मुद्रामा टिकटक बनाएर सार्वजनिक गरिहेका छन् । तर उनलाई सामाजिक सञ्जालमा गालीको ओइरो छ ।

कतिसम्म भने विष्णुले एलिनाको उक्त भिडियो टिकटकमा ‘रिपोस्ट’समेत गरेका छन् ।

एलिना गत वैशाख ५ गते विवाह बन्धनमा बाँधिएकी हुन् । उनीहरूले लामो सयम प्रेममा रहेर विवाह गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : २५ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक