दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ महिला टी २० विश्व कप « Khabarhub

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो यू-१९ महिला टी २० विश्व कप


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी महिला यू-१९ टी२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनल भिडन्तमा भारतीय महिला टिमले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि चुमेको हो ।

आइतबार मलेसियाको क्वाआलालम्पुरमा दक्षिण अफ्रिकाविरुद्धको उपाधि भिडन्तमा भारतले नौ विकेटको जित निकालेको हो ।

दक्षिण अफ्रिकाको महिला टोलीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८२ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा भारतले ८.४ ओभरमा ८३ रन बनाउँदै उपाधि पक्का गर्‍यो ।

भारतको तर्फबाट बलिङका क्रममा तृषा गोंगाडीले ३, पारुणिका सिसोदिया, आयुषी शुक्ला र वैष्णवी शर्माले २-२ विकेट झारे । अर्कातिर भारतीय टोलीकोतर्फबाट ब्याटिङमा तृषा गोंगाडीले नै सबैभन्दा धेरै ४४ रन बनाइन् ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  २ : ५३ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा