घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो « Khabarhub

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खला

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । आइतबार कीर्तिपुर स्टेडियममा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हराएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

नेपालका लागि इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाए। सीता राना १० रनमा नटआउट रहिन् । नेपालका लागि १४ रन अतिरिक्तका रुपमा मिल्यो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेदरल्याण्डस्का लागि बवितेडी लिडाले सर्वाधिक ४१ र हेटर साइग्रेसले २६ रन बनाएकी थिइन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१-२१ रनको योगदान दिए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिएकी थिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन दिएर ५ विकेट झारिन्। मनिषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट झारे ।

घरेलु भूमिमा लगातार हारपछि नेपाल सिरिजबाट बाहिरिएको छ । नेपालले मंगलबार अन्तिम खेल थाइल्याण्डसँग खेल्नेछ । खेल नेपालका लागि औ‍पचारिकता मात्रै हुनेछ । यसघि नेपालले दुवै खेल गुमाएको थियो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनको पराजय भोग्यो । दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले हार्न पुगेको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ । आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ४५ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी