घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो « Khabarhub

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–ट्वेन्टी शृङ्खला

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार भोगेको छ । आइतबार कीर्तिपुर स्टेडियममा भएको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १५ रनले हराएको हो ।

नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली महिला टोली निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेटियो ।

नेपालका लागि इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाए। सीता राना १० रनमा नटआउट रहिन् । नेपालका लागि १४ रन अतिरिक्तका रुपमा मिल्यो ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेदरल्याण्डस्का लागि बवितेडी लिडाले सर्वाधिक ४१ र हेटर साइग्रेसले २६ रन बनाएकी थिइन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१-२१ रनको योगदान दिए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिएकी थिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन दिएर ५ विकेट झारिन्। मनिषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट झारे ।

घरेलु भूमिमा लगातार हारपछि नेपाल सिरिजबाट बाहिरिएको छ । नेपालले मंगलबार अन्तिम खेल थाइल्याण्डसँग खेल्नेछ । खेल नेपालका लागि औ‍पचारिकता मात्रै हुनेछ । यसघि नेपालले दुवै खेल गुमाएको थियो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनको पराजय भोग्यो । दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले हार्न पुगेको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ । आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ३ : ४५ बजे

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको