न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन « Khabarhub

न्यायपरिषद् सदस्यमा सिफारिस खड्काको नाम सुनुवाइ समितिबाट अनुमोदन


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिले न्यायपरिषद्को सदस्यमा सिफारिस दामोदर खड्काको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।  

आइतबार सिंहदरबारमा बसेको बैठकले खड्काको संसदीय सुनुवाइ गर्दै सर्वसम्मतिले उनको नाम अनुमोदन गरेको हो । न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।  

त्यसअघि बैठकमा संसदीय सुनुवाइका क्रममा प्रस्तावित न्यायपरिषद् सदस्य खड्काले आफ्नो कार्य योजना प्रस्तुत गर्दै न्यायपालिकाको छवि अभिवृद्धि गर्ने र न्यायालयको सुधार र गरिमा कायम प्रतिबद्धता जनाए ।

संविधान र कानूनप्रति आस्था राख्दै स्वतन्त्र पूर्वक काम गर्ने उनले बताए । उनले न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा स्थापित सिफारिसका आधारलाई पारदर्शी बनाउने प्रयास रहने उल्लेख गरे ।  

पौष २७ गते बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई रिक्त न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनवाइबाट अनुमोदित भएपछि परिषद् सदस्य नियुक्त हुने प्रक्रिया रहेको छ । 

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०८ बजे

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका

कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या

बागमती– हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा