बलिउडमा किन हुँदैछ ६९ वर्षीय उदितनारायणको ‘चुम्बन चर्चा’ ? « Khabarhub

बलिउडमा किन हुँदैछ ६९ वर्षीय उदितनारायणको ‘चुम्बन चर्चा’ ?


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय गायक उदित नारायण झा विवादमा परेका छन् । ६९ वर्षीय गायकले महिला फ्यानलाई अश्लील व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेको छ ।

यो विवाद सामाजिक सञ्जालमा भाइरल एक भिडियो क्लिपले निम्त्याएको हो । ‘प्रयाग’ नामक एक्स खाताबाट यो भिडियो सार्वजनिक भएको छ ।

जसमा उदित कन्सर्टमा सांगीतिक प्रस्तुति दिइरहेका हुन्छन् । जुनबेला उनी गीत गाइरहेका हुन्छन्, ‘टिप टिप वर्षा’ ।

‘यो घटना कहिले र कहाँको हो ?’ भन्ने बारे एकीन हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यहीक्रममा उनी मञ्चबाटै महिला फ्यानसँग फाटो खिचाउँछन् । फ्यानहरू मञ्च तल हुन्छन् । उदित घुँडा टेकेर फोटो खिच्न सहजीकरण गर्छन् । बीच–बीचमा गीत पनि गाइरहेका हुन्छन् ।

सुरुवातमा उनले तीन महिला फ्यानसँग फोटो खिचाउँछन् । उदितले फोटो खिचाउने तिनैको गालामा चुम्बन गर्छन् । त्यसक्रममा सुरक्षाका लागि खटिएको युवतीको गाला पनि मुसार्छन् ।

फेरि उदित गायनमै व्यस्त हुन्छन् । सेल्फी खिचिरहेका पुरुषलाई भने उनले वास्ता गरेको देखिँदैन ।

उदितको देब्रेतर्फ मञ्चको तल एक युवती सेल्फी लिइरहेकी हुन्छिन् । उनलाई पनि उदितले मञ्च नजिक बोलाउँछन् र पहिला जस्तै घुँडा टेकेर सेल्फी खिच्न सहजीकरण गर्छन् ।

अन्तिममा युवतीले उदितको गालामा चुम्बन गर्न खोज्छिन् तर, उदितले ओठमा चुम्बन गर्छन् । सुरक्षाकर्मीले ती युवतीलाई टाढा लैजान्छन् तर उदित उनलाई हेर्दै गीत गाइरहेका हुन्छन् ।

हेर्नुहोस् भिडियो :

यो एक मिनेट नौ सकेन्ड लामो भिडियोले उनलाई विवादमा तानेको छ । उनले महिलाहरुलाई अश्लील व्यवहार गरेको धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ । केहीले ‘महिलामाथिको अपमान’को रुपमा पनि यसलाई हेरेका छन् ।

सामाजिक सञ्जालमा उनको यो व्यवहारविरुद्ध कानुनी प्रक्रिया चाल्नुपर्ने प्रतिक्रिया आएका छन् ।

उदितले यो विषयमा स्पष्टीकरण पनि दिएका छन् । उनले उक्त घटना सामान्य र ध्यान दिनुपर्ने विषय नभएको तर्क गरेका छन् ।

उनले हिन्दुस्तान टाइम्ससँग भनेका छन्, ‘फ्याले हामीलाई भेट्न पाउनुपर्छ । त्यस अवस्थामा कसैले हात मिलाउँछन् र केही चुम्बन गर्छन् । यो सब क्रेज हो । यसमा त्यति ध्यान दिनुहुँदैन ।’

यो घटनाले उदितको चरित्रमाथि प्रश्न भने उठाएको छ । उनका पुराना घटना भने सामाजिक सञ्जालमा चर्चामा आएका छन् ।

उदितले दुई गायिकालाई मञ्चमा चुम्बन गरेको भिडियो समेत अहिले चर्चामा आएको छ । जुन केही वर्ष पुराना हुन् ।

श्रेया घोसाल उनले इन्डियन आइडलको मञ्च र अलका यागनिकलाई एक अवार्ड कार्यक्रमको मञ्चमा उनले चुम्बन गरेका हुन् ।

यस विषयमालाई लिएर उदित सामाजिक सञ्जालमा मजाकको पात्रसमेत बनेका छन् । हिमानी गुप्ता उदितलाई कटाक्ष गर्दै लेख्छिन्, ‘मैले जीवनभरी चुम्बन गरेको भन्दा बढी उदितले मञ्चमै गरेका छन् ।’

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ७ : २८ बजे

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय