‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’ « Khabarhub

‘कांग्रेस-एमाले अध्यादेशका भरमा सत्ता कब्जा गर्न खोज्दै छन्’


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस-एमाले गठबन्धन षड्यन्त्रपूर्वक सत्ता कब्जाका लागि बनेको बताएका छन् ।

पार्टीको सङ्घीय सम्पर्क कमिटी प्रथम सम्मेलनलाई आइतबार कोटेश्वरस्थित एक रेष्टुरेन्टमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री नेपालले यसो भनेका हुन् ।

‘हामीले लामो समय भ्रष्टाचारविरुद्ध अभियान चलाएका छौँ । त्यसो भएकाले नेपालमा भ्रष्टाचार मूल समस्या छ’, उनले भने, ‘यी सबै कुरामा हाम्रो पार्टीले भूमिका खेलेको छ। हामीले एउटा सन्देश दिएका छौँ । समाजवादी मोर्चा बन्दा पनि हाम्रो उपस्थितिले ठूलो अर्थ राखेको छ।’

उनले समाजवादी मोर्चा सक्रिय भएर नयाँ उत्साह ल्याएको बताउँदै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारलाई अप्राकृतिकको संज्ञा दिए ।

‘अहिलेको सरकार र कांग्रेस र एमालेको गठबन्धन अप्राकृतिक छ । षड्यतन्त्र गरेर सत्ता कब्जा गर्न गठबन्धन भएको हो । यो कुनै विचार मिल्ने गठबन्धन होइन’, उनले भने, ‘यो सरकारको कुनै कोणबाट उपादेयता छैन । यसले कानुन र संविधानमा प्रहार गरेको छ ।’

उनले यो सरकार बनेयता जनतामा उत्साहभन्दा निराशा मात्रै बढेको पनि आरोप लगाए । ‘यो सरकार आएपछि जनतामा निराशा पैदा गरेको छ, आशा जगाउन सकेको छैन’, उनले भने, ‘अहिले यो सरकारले ल्याएको अध्यादेश त्यसकै एउटा नमूना हो । अध्यादेशमार्फत् देशमा सत्ता कब्जा गर्न खोजिएको छ ।’

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ४१ बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि