जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो « Khabarhub

जसपा नेपालको कार्यकारिणी समिति बैठक लम्बियो


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिनलाई लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूची र एजेन्डाबारेको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो।

ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।

आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भएको छ ।

क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको निष्कर्ष निकालिएको छ। यसअघि पहिलो र दोस्रो दिन सदस्यहरूले आ–आफ्नो जिम्मेावारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति सुनाएका थिए ।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका नामावली संकलन गरिएको छ। सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाकी सदस्य चयन गर्नेछ।

तीनजना विभागीय प्रमुखसहित ३५ सदस्सिय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरि यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको छ।

बैठकले केही संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम रूप दिइनेछ। यसैगरी, पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेश केन्द्रित दलको संयुक्त मोर्चा लगायत एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सकिनेछ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : ०४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा