भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने « Khabarhub

भारतले सन् २०४७ सम्ममा १०० गिगावाट आणविक ऊर्जा विकास गर्ने


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारत सरकारले सन् २०४७ सम्म कम्तिमा १०० गिगावाट आणविक ऊर्जाको विकास गर्ने जनाएको छ ।

उक्त घोषणा अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२५–२०२६ को लागि देशको वार्षिक बजेट प्रस्तुत गर्दा गरे ।

“साना मोड्युलर रिएक्टर (एसएमआरएस)को अनुसन्धान र विकासको लागि २.३ अर्ब अमेरिकी डलर खर्च गरिनेछ,” सीतारामनले बताए । एसएमआरएस उन्नत आणविक रिएक्टरहरू हुन्, जसको पावर क्षमता ३०० एमडब्लु प्रति एकाइ हुन्छ । यो परम्परागत आणविक ऊर्जा रिएक्टरहरूको उत्पादन क्षमताको लगभग एक तिहाइ हो ।

“कम्तीमा पाँच स्वदेशी एसएमआरएस सन् २०३३ सम्म सञ्चालन हुनेछ ।” मन्त्रीले सन् २०४७ सम्ममा कम्तिमा १०० गिगावाट आणविक उर्जाको विकास भारतको ऊर्जा सङ्क्रमण प्रयासहरूको लागि आवश्यक रहेको प्रकाश पारे ।

“उक्त लक्ष्य प्राप्त गर्न आणविक ऊर्जा ऐन र आणविक क्षतिको लागि नागरिक दायित्व ऐन परिमार्जन गरिनेछ,” उनले भने।

गत वर्ष, भारत सरकारले देशमा कूल १५ हजार ३०० मेगावाट क्षमताका २१ आणविक रिएक्टर रहेको बताएको थियो ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : २५ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य