बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) भारत २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल एक÷एक गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान पाँच÷पाँच गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । सडन डेथमा सातौँ प्रहार गर्न आएका धरानका खेलाडी मनोज राईको प्रहार आकाशिएपछि युके एफसीको जित भएको थियो ।

आज दोस्रो दिन युके एफसी र आयोजक धरान फुटबल क्लबबीच भएको खेलको १७औँ मिनेटमा युकेका हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाए ।

धरान फुटबल क्लबका विनोद राईले खेलको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई एक–एक गोलको बराबरीमा पु¥याएका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ पनि भुजेल भए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १० : ३८ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को