बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) भारत २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल एक÷एक गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान पाँच÷पाँच गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । सडन डेथमा सातौँ प्रहार गर्न आएका धरानका खेलाडी मनोज राईको प्रहार आकाशिएपछि युके एफसीको जित भएको थियो ।

आज दोस्रो दिन युके एफसी र आयोजक धरान फुटबल क्लबबीच भएको खेलको १७औँ मिनेटमा युकेका हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाए ।

धरान फुटबल क्लबका विनोद राईले खेलको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई एक–एक गोलको बराबरीमा पु¥याएका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ पनि भुजेल भए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १० : ३८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको