मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ « Khabarhub

मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै गठबन्धन टुङ्गिन्छ : मन्त्री गुरुङ


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशामा ल्याएपछि मात्रै नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन टुङ्गिने बताएका छन् ।

लमजुङस्थित मर्स्याङ्दी गाँउपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन पछि सञ्चार मन्त्री गुरुङले मुलुक असफल हुनबाट जोगाउन दुई ठूला दल एक जुट हुनुपरेको धारणा राखे । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गुरुङले ठूला दलबीच गठबन्धन गर्नुपर्ने अवस्था आउनुको कारण विगतमा अस्थिर र बेथितिको सत्ता शासन प्रवृत्ति रहेको उल्लेख गरे ।

हालको गठबन्धन सरकारले जनतालाई सुशासन, सेवा, विकास र समृद्धिको बाटोतर्फ डो(याउन खोजेको सञ्चार मन्त्री गुरुङको भनाइ थियो । यसै उद्देश्यका साथ सरकारले संसद्मा ल्याएको ६ अध्ययादेश जसरी पनि पास गराउनुपर्ने उनले बताए। यद्यपी संसद्मा अध्ययादेशको विरोध गरेर प्रतिपक्षि दलले जनताको अहित गरिरहेको उनले बताए ।

“जनताको समृद्धि टेकेको अध्ययादेशको विरोध गर्नु ठिक होइन,” सञ्चार मन्त्री गुरुङले भने, “मुलुकको विकास र उन्नति चाहनेले छिटोभन्दा छिटो अध्ययादेश पास गराउन सघाउनुपर्छ ।”

अबको ६० दिनभित्र सरकारले ल्याएका अध्यादेश पास गरेर नेपालमा सुशासन कायम गराउने सञ्चार मन्त्री गुरुङले बताए । साथै उनले एमाले र कांग्रेसबीचको सात बुँदे सहमती पूरा नहुँदासम्म वर्तमान सरकार रहिरहने उनले बताए ।

सहमति बुँदामा भएको महत्वपूर्ण विषय संविधान संशोधन रहेकाले यो गठबन्धन सरकारले संविधान संशोधनसमेत गर्ने सञ्चार मन्त्री गुरुङको भनाइ थियो ।

“सङ्घीय शासन प्रणाली लोकतन्त्रको प्रभावकारी शासन प्रणाली हो । संविधान संशोधन गरेर समय सापेक्ष बनाउन आवश्यक छ,” उनले भने, “सबैको साझा सहमतिबाटै संशोधन प्रक्रिया पुरा गछौँ ।”

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ११ : ०२ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको