चीनले श्रव्य हतियार प्रयोग गरेर फिलिपिनी तटरक्षकलाई दुर्व्यहार गरेको आरोप « Khabarhub

चीनले श्रव्य हतियार प्रयोग गरेर फिलिपिनी तटरक्षकलाई दुर्व्यहार गरेको आरोप


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण चीन सागरमा फिलिपिनी तटरक्षकलाई दुःख दिन चीनले श्रव्य हतियारको प्रयोग गरेको फिलिपिन्सले आरोप लगाएको छ ।

लामो दुरीसम्म उच्च डेसिबलमा आवाज निकाल्ने उक्त श्रव्य हतियारले सुन्ने शक्तिमा हानी पु¥याउने फिलिपिन्सको आरोप छ ।

फिलिपिन्सको तटरक्षक बलका प्रवक्ता कोमोडोर जे टारिएलाले फिलिपिनी तटरक्षकमाथि दुव्र्यवहार गर्ने अभिप्रायले चीनले श्रव्य हतियार प्रयोग गरेको आरोप लगाएका हुन् ।

बीआरपी काब्रा नामक फिलिपिनी युद्धपोतलाई नजिकै आउन नदिनका लागि चिनियाँ युद्धपोतले यस्तो हतियार प्रहार गरेको उनको आरोप छ ।

चिनियाँ युद्धपोतबाट दुव्र्यवहारको सामना गरेपनि बीआरपी काब्राले पश्चिम फिलिपिनी सागरमा आफ्नो अभियानलाई निरन्तरता दिइरहेको फिलिपिनी तटरक्षक बलको भनाइ छ । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिमी फिलिपिनी सागर भन्ने गरेको छ ।

दक्षिण चीन सागर र फिलिपिन्सबीच निकै लामो समयदेखि सार्वभौमिकताको विवाद रहँदै आएको छ । यी दुई मुलुकबीच पछिल्ला केही महिनायता उक्त समुद्री क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ४ : ३६ बजे

प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लङ्घन गर्ने ९४ लाई स्पष्टीकरण, ५७ वटाको जवाफ

काठमाडौं – केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका उजुरीमध्ये

‘मलाई थाहा भएअनुसार’ सर्वोच्च नेता जीवित र स्वस्थ छन् : इरानी विदेशमन्त्री

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘आफूलाई थाहा भएअनुसार’ सर्वोच्च नेता

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग