सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने « Khabarhub

सर्वोच्च अदालतका सबै पेशी स्थगित, कुनै मुद्दाको सुनुवाइ नहुने


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतमा आइतबारका लागि तय भएका सबै पेशी स्थगित गरिएको छ ।

पूर्व न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको शोकमा आइतबारका लागि तोकिएका सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो ।

८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको शुक्रबार बिहान उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

शारदा नेपालकी पहिलो महिला न्यायाधीश हुन् । उनी न्यायाधीशका रुपमा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश थिइन् ।

२०६१ वैशाखमा उनी सर्वोच्चकी न्यायाधीश भएकी थिइन् । उनी ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिइन् ।

सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा कार्यरत थिइन् । शुक्रबार सार्वजनिक बिदा परेकाले सर्वोच्चले उनको निधनको शोकमा आइतबारको पेशी स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १२ : ५२ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी